काठमाडौँ-सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिसँग मंगलबार छलफल गर्ने भएका छन् । छलफल बिहान ११ बजे सभामुखको कार्यालयमा हुनेछ ।
संसदको आगामी अधिवेशनमा बिजनेस अभाव हुन नदिन सभामुख घिमिरेले सभापतिसँग छलफल गर्न लागेका हुन् । अधिवेशन नभएको अवस्थामा धेरै सांसद जिल्ला बाहिर हुने गर्छन् । समितिको बैठकमा यस्तो अवस्थामा कोरम पुर्याउन कठिन भएको सभापतिहरुको गुनासो छ ।
बैठकमा एमाले मुख्य सचेतक महेश बर्तौला, काङ्ग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।