२ असार २०८२, सोमबार | Tue Jun 17 2025

अस्मिता र महेशले साटे औँठी



गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले औँठी साटासाट गरेका छन् । प्रेम सम्बन्ध रहेको लामो समयपछि अस्मिता र महेशले दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

अस्मिता र महेश दुबैले बुधबार आफ्नो सामाजिक सञ्जालमा ‘सहयात्राको यो सुरुवात ‘वी आर इन्गेज्ड’ भन्दै तस्वीर शेयर गरेका छन् ।

महेश र अस्मिता दुबै हाल रेकर्डिङ, मेला महोत्सव र देश तथा विदेशका कार्यक्रममा व्यस्त छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ३ : १२ बजे