९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

७ रेक्टर स्केलको भूकम्प : केन्द्रबिन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक



झापा-चीनको सिगात्सेदेखि २३ किलोमिटर टाढा केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ६.५० मा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का राजधानी काठमाडौँसहित पूर्वी नेपालका जिल्लाहरूमा समेत महसुस भयो ।

निकैबेर हल्लाएपछि अत्तालिँदै राजधानीबासी घर बाहिर निस्किएका छन् । भूकम्पको धक्का नेपाल, बङ्गलादेश, भारत भुटान र चीनमा महसुस भएको सञ्चारमाध्यमले जनाएका छन् ।

खानी तथा भूगर्भ विभागका अनुसार नेपाल चीन सीमा तिब्बतको दिगे कान्टीमा भूकम्पको केन्द्रबिन्दु रहेको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । भूकम्पको केन्द्रबिन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ ।

सोलुखुम्बु प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीले जिल्लामा भूकम्पको ठूलो धक्का महसुस भएको र क्षति भए नभएका विषयमा भने बुझ्ने काम भइरहेको बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार ००:००  ८ : ०९ बजे