काँकडभिट्टा–पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर–७ टोकला चिया बगान अगाडि बिहीवार राति भएको सवारी दुर्घटनाका एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–७ का २५ वर्षीय राजमान विक रहेका छन् ।
विक सवार बा ६० प २५३७ नम्वरको मोटरसाइकल ८५८७ नम्वरको कारमा पछाडि ठोक्किएको थियो । कार व्याक गर्दागर्दै आएर मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा मोटरसाइकल चालक विक घाइते भएका थिए ।
बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा शुक्रवारराति विकको ज्यान गएको हो । घटनापछि प्रहरीले कार चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भएका ३४ वर्षीय दिनेश कँडेललाई नियन्त्रणमा लिएको छ । उनी काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएका छन् ।