१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

१० रुपैयाँ दरका ३४ करोड नयाँ नोट छाप्दै राष्ट्र बैंक



बिर्तामोड-नेपाल राष्ट्र बैंकले १० रूपैयाँ दरका ३४ करोड नयाँ नोट छाप्ने गरी अन्तर्राष्ट्रिय बोल कबोल आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचनामार्फत राष्ट्र बैंकले १० रुपैयाँ दरका नोट छाप्न लागेको जनाएको हो ।

नोटको डिजाइनसहित छपाई र ढुवानीको जिम्मेवारीका लागि बोल कबोल आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । छनोटमा परेका कम्पनीले अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने शर्त राखिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ००:००  ७ : २४ बजे