१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी



बिर्तामोड-झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा ४९३ मत प्राप्त गरी ओली विजयी भएको निर्वाचन अधिकारी तुलसी नेपालले बताए ।

ओली चापाकल चुनाव चिन्ह लिएर उपनिर्वाचनमा सहभागी भएका थिए । उनी कांग्रेसका बागी उम्मेदवार हुन् । उपनिर्वाचनमा एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरे । यसअघि २०७९ सालमा भएको निर्वाचनमा एमालेका दुर्गाबहादुर थापा ५०८ मतलाई विजय भएका थिए ।

वडाध्यक्ष थापाको निधनपछि कन्काई ६ मा उप निर्वाचन भएको हो । त्यहाँ १५१३ मत खसेको थियो । २०५८ जना मतदाता थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ००:००  ८ : ०२ बजे