८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

अनियन्त्रित भएको कार पोखरीमा डुब्यो : दुईजना बेपत्ता



सर्लाही-सर्लाहीको बयलबासबाट महोत्तरीको गौशाला जाँदै गरेको एउटा कार आज बिहान अनियन्त्रित भएर पोखरीमा डुबेको छ ‌।

लु २ च ६७ ५८ नम्बरको कार सर्लाहीको ईश्वरपुर नगरपालिका २ मियाखोरस्थित पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । कारमा तीनजना सवार थिए ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कारमा सवार तीन जनामध्ये एकजना पौडिएर निस्किन सफल भएका छन् । अरु दुईजना बेपत्ता छन् ।

गौशाला नगरपालिका १० का सुरेश महतो र रामाकान्त ठाकुर बेपत्ता भएको प्रहरीले जनाएको हो । कारमा सवार जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएका छन् ।

घटना लगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासकाे छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ००:००  ८ : ०२ बजे