बिर्तामोड-मोटरसाइकल दुर्घटनामा घाइते भएका बिर्तामोड-२ बेलडाँगीका कमल श्रेष्ठको मृत्यु भएको छ । उपचारका क्रममा श्रेष्ठको आज बिहान मृत्यु भएको बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेलले बताए ।
बेलडाँगी वडा कार्यालय अगाडि श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परेका थिए । साउन २३ गते मे ९ प ७०१४ नम्वरको मोटरसाइकलले साइकलमा रहेका श्रेष्ठलाई ठक्कर दिएको थियो ।
४० दिनदेखि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उनको उपचार चलिरहेको थियो ।



















