झापा-कोशी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढेको छ । यसवर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालयले जनाएको हो ।
बागबनी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
यसवर्ष ९ लाख २१ हजार ७२९ दशमल ०६ मेट्रिक टन धान उत्पादन भएको छ । कोशी प्रदेशमा धान उत्पादनको ठूलो हिस्सा झापाले ओगट्छ ।
















