पाँचथर-प्रहरीप्रति नागरिकको विश्वास बढाउँदै लैजाने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाँचथरले ग्रामीण सुरक्षा गस्ती सुरु गरेको छ ।
दूरदराजका क्षेत्रमा प्रहरीको उपस्थितिलाई बलियो बनाउने र त्यसका लागि समुदायसँग समन्वय र सहकार्य गर्ने उद्देश्यले ग्रामीण सुरक्षा गस्ती सुरु भएको हो ।
आवेश प्रेरित घटना तथा अपराधको नियन्त्रणका लागि नागरिक तहमा सचेतना कार्यक्रम सञ्चालन गर्ने गरी ग्रामीण सुरक्षा गस्ती टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षा र व्यवस्थालाई मजबुत बनाई राख्न प्रहरी टोलीलाई ग्रामीण गस्तीमा खटाइएको हाे । खटिएको टोलीले गाउँमा पुगेर अपराध नियन्त्रणका लागि समुदायले खेल्नुपर्ने भूमिकाका विषयमा सचेत गराइरहेको छ ।