बिर्तामोड- बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई विप्लव माओवादीका कार्यकर्ताले बिर्तामोडबाट मंगलवार मध्यान्ह नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले पत्रकार सम्मेलन गरी घटनाबारे प्रष्ट पार्ने बताएका छन् ।