महोत्तरी-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको संगठन संरचनालाई बलियो र दरिलो बनाएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिबार आयोजना गरेको कार्यकर्ता बेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
नेता सिंहले संगठन संरचनालाई बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । यसअघि भएको उपनिर्वाचनमा एक्लै निर्वाचन लडेर अभ्यास भइसकेको उहाँको धारणा छ ।


















