१ असार २०८२, आइतबार | Sun Jun 15 2025

आगलागी हुँदा २०० मन धान जलेर नष्ट



भद्रपुर-दक्षिणी झापाको कचनकवल गाउँपालिका-२ बकलामारीका नारायण सिंह राजवंशीको धानको कुन्यमा बुधबार राति आगलागी भएको छ ।

आगलागीबाट कुन्यु पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागीबाट २०० मन धान र त्यसको पराल समेत गरी ३ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीकाे कारण भने खुल्न बाँकी छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ८ : ३८ बजे