झापा- मनसुनको कारण उच्च जोखिमको सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाइने भएको छ । शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकाय र सरोकारवाला निकायको छलफलले यस्तो निर्णय गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘रेड एडभाइजरी’ जारी गरेका जिल्ला र क्षेत्रमा रात्रीकालिन सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ । व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले यसको व्यवस्थापन मिलाउनु पर्नेछ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले शुक्रवार संसद बैठकमा टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय बनाउने निर्णय भएको बताए ।
सडक अवरुद्ध भएका स्थानको जानकारी लिई त्यहाँ पुग्नुअगावै सुरक्षित एवम् खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका क्षेत्रमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानेले बताए ।