झापा- शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा बिहीबार पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न भनेको हो ।
यसअघि चौमासिक रुपमा तलब भत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।