झापा-ताप्लेजुङबाट झापा आउँदै गरेको एउटा ट्रक मेची राजमार्गमा दुर्घटनाग्रस्त भएको छ । फिदिम ताप्लेजुङ सडक खण्ड अन्तर्गत पाँचथरको भारपामा ट्रक दुर्घटना भएको हो ।
ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथरको हिल्याङ ३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी लिफ्ट मागेर फिदिम आउँदै थिए ।
दुर्घटनामा ट्रक चालक इलाम सूर्योदय नगरपालिकाका ५२ वर्षीय तेजबहादुर दास र ट्रक धनी बिर्तामोड १ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् ।
ब्रेक फेल भएर ट्रक दुर्घटना भएको हो । गोलिया बोकेर आउँदै गरेको ट्रक सडकबाट करिब ५० मिटर तल खसेको पाँचथरका सूचना अधिकारी बेनीलाल साहले बताए ।
घाइतेको अवस्था गम्भीर रहेको छ । पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल भर्ना गरिएको छ ।