भद्रपुर-मेची प्रादेशिक अस्पताल भद्रपुरले नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेको छ । आइतबारदेखि नयाँ भवनबाट ओपिडी सेवा सुरु गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले बताए ।
अस्पतालमा ओपिडी सेवा लिनेको अत्याधिक चाप छ । यद्यपि, बजेट अभावमा नयाँ भवनका लागि पर्याप्त सामानहरू उपलब्ध हुन नसकेको डाक्टर खड्काले बताए ।
नवनिर्मित अस्पताल भवनमा माथिल्लो तला थप्न सरकारले २ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

















