काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहकार्य नफापेको बताएका छन् । बागमती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीबीच सुरु भएको दुई दिने परामर्श बैठकमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेससँगको सहकार्य लामो समय जान नसक्ने देखेर आफूहरूले एमालेसँग सहकार्य गरेको भएपनि त्यो आफैँमा गलत सिद्ध भएको बताए । उनले मुद्दा मिल्नेसँग मोर्चाबन्दी गर्ने र विचार मिल्नेसँग वाम एकता गर्ने सुनाए ।
बैठकमा अध्यक्ष दाहालले भने, ‘कांग्रेसलाई छोडेर त्यतिबेला एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ । हामीले उसको नियत प्रष्टसँग बुझ्न सकेनौँ ।’ एमालेबाट धोका भएपनि वामपन्थी एकताका लागि आफू निरन्तर लागिरहने अध्यक्ष प्रचण्डले बताए ।
















