२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

बिर्तामोड नगरपालिकाद्वारा कानुन निर्माणलाई तीव्रता



बिर्तामोड-बिर्तामोड नगरपालिकाले कानुन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय आवश्यकताका आधारमा स्थानीय सरकार सञ्चालन ऐन अनुरूप नगरपालिकाले कानुन निर्माण गरिरहेको हो ।

स्थानीय तहको एकल अधिकारसँग सम्बन्धित विषयमा सामान्य प्रशासन मन्त्रालयले पठाएको नमुना ऐनलाई आधार मानेर स्थानीय वस्तुस्थिति अनुरुप कानुन निर्माण भइरहेको वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले बताए ।

नगरपालिका कार्यालयका अनुसार हालसम्म बिर्तामोड नगरपालिकाले १९ वटा ऐन निर्माण गरेको छ । नियमावली र निर्देशिका गरी १० वटा निर्माण भएका छन् ।

नगरपालिकाको काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अहिलेसम्म ४८ वटा कार्यविधि बनाइएको वरिष्ठ अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरपालिका कार्यालयले आफ्नो छुट्टै आचारसंहिता पनि निर्माण गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ००:००  ११ : ४६ बजे