२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

उपसभामुखको पद खोस्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टीको आरोप



झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरकाे विषयमा अनर्गल प्रचार गरिएको भन्दै त्यसलाई कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयासका रुपमा टिप्पणी गरेको छ ।

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर आफ्नाे पार्टीकाे छवि धुमिल पार्ने दुषित मनसायबाट छदम रुपमा भइरहेकाे यस्ता प्रहारबाट विचलित नहुने जनाएका छन् ।

सञ्चारमाध्यममा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्री जस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको प्रवक्ता झाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उपसभामुख मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर उनलाई हटाउन खोज्ने प्रयत्न भइरहेको रास्वपाले जनाउँदै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार ००:००  ९ : ५२ बजे