झापा-नेपाल र बंगलादेशबीच आगामी असोजमा विद्युत् खरिद सम्झौता हुने भएको छ । ४० मेगावाट बिजुली निर्यातका लागि नेपालले बंगलादेशसँग सम्झौता गर्न लागेको हो ।
यसअघि साउन १३ गते विद्युत् निर्यात सम्बन्धी सम्झौता तय भएको थियो । तर, बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किएपछि सम्झौताको मिति पर सरेको हो ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले सम्झौता गर्ने समय तालिका बंगलादेशलाई पठाइएको बताए । नेपालले वर्षायाममा मात्रै बिजुली दिन सक्नेछ ।
सम्झौताका लागि भदौ अन्तिम साता वा असोज पहिलो साताको मिति प्रस्ताव गरिएको छ । २०७९ भदौमा भएको सचिव स्तरीय बैठकमा बंगलादेशले पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको थियो ।


















