१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

सेनाको अरिदमन गणमा स्वास्थ्य शिविर




झापा- नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा स्वास्थ्य शिविर आयोजना गरिएकोे छ । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सेनाका अधिकृत र जवानहरुको आँखा जाँच गरिएको छ । मेची आँखा अस्पतालका युवराज बोहोरा, कविता कार्कीलगायतका स्वास्थ्यकर्मीले आँखा जाँच गरेका हुन् ।

शिविरमा वरिष्ठ विशेषज्ञ डा. रणधीर राजवंशीले नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य जाँच गरेका छन् । आँखामा २१२ र नाक, कान, घाँटीमा ३० जना गरी २४२ जनाको स्वास्थ्य जाँच गरिएको गणका गणपति प्राजु बस्न्यातले बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  ८ : ५२ बजे