झापा-राजस्व असुलीको पूर्ववत लक्ष्यमा आन्तरिक राजस्व विभाग र भन्सार विभाग असफल भएका छन् । राजस्व असुलीका लागि सक्रिय यी दुवै सरकारी विभागले पूर्ववत लक्ष्य भेट्टाउन नसकेका हुन् ।
सरकारी अधिकारीहरूका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा सरकारले १० खर्ब ५८ अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । १४ खर्ब २२ अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने सरकारी लक्ष्य थियो ।
गत आर्थिक वर्षमा दुवै विभागको राजस्व सङ्कलन क्रमश ९.०८ र ९.१७ प्रतिशतले बढे पनि लक्ष्यअनुसार राजस्व उठाउन दुवै निकाय असफल भएका हुन् ।