२ असार २०८२, सोमबार | Tue Jun 17 2025

भदौ १८ गतेका लागि बोलाइयो कोशी प्रदेश सभाको बैठक



मोरङ-कोशी प्रदेश सभाको बैठक भदौ १८ गते बस्ने भएको छ । प्रदेश सभाका सदस्यको तीव्र दबावपछि बैठक बोलाइएको हो ।

भदौ १८ गतेका लागि बैठक बोलाइएको कोशी प्रदेश सभाका सभामुख अमरबहादुर बिष्टले बताए । बजेट पास भएपछि असार ८ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको काम कारबाहीबारे समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउनुपर्ने माग राख्दै आएको थियो ।

नेपाली कांग्रेस सरकारमा सहभागी हुन भइरहेको ढिलाईका कारण प्रदेश सभाको बैठक पछाडि धकेलिँदै आएको मन्त्रीहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ००:००  ८ : ४९ बजे