१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण



काठमाडौँ-विज्ञ सम्मिलित टोलीले श्रम आप्रवासन नीतिको मस्यौदा आइतबार सरकारलाई बुझाएको छ ‌। विज्ञ टोलीका संयोजक गणेश गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीलाई मस्यौदा हस्तान्तरण गरेका हुन् ।

संयोजक गुरुङले श्रम आप्रवासन नीतिको मस्यौदामा ६ वटा नीति, २४ वटा रणनीति र रणनीति सम्बोधनका लागि ११३ वटा कार्यविधि बनाइएको बताए । नौ महिना लगाएर टोलीले मस्यौदा तयार पारेको हो ।

मस्यौदा बुझ्दै मन्त्री भण्डारीले गुरुङ नेतृत्वको टोलीले बुझाएको मस्यौदा प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले मस्यौदालाई सरकारी नीतिका रूपमा कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार ००:००  १० : ३६ बजे