झापा-नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादीप्रति जनताको भरोसा नटुटेको बताउनु भएको छ । स्थानीय तह उपनिर्वाचनको मत परिणामपछि नेता शर्माले यस्तो बताउनुभएको हो ।
अनलाइन खबरसँग गर्नुभएको कुराकानीमा नेता शर्माले स्थानीय तहको उपनिर्वाचनले माओवादीप्रति जनताको भरोसा बढेको सन्देश दिएको बताउनुभयो ।
उपनिर्वाचनको मत परिणामले माओवादी एक्लैले पनि जित्न सक्छ भन्ने सन्देश प्रवाह गरेको नेता शर्माको दाबी छ ।