१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

जलनमा परेका नागरिकको स्वास्थ्य उपचार निशुल्क गर्ने सरकारको निर्णय



झापा-केपी ओली नेतृत्वको सरकारले जलनमा परेका नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सातै प्रदेशका विभिन्न अस्पतालमा जलन पीडित नागरिकको उपचार गर्ने निर्णय सरकारले गरेको हो ।

सरकारी अस्पतालमा जलन पीडित नागरिकको निःशुल्क उपचार हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताए । आर्थिक अभावका कारण जलन पीडित विपन्न समुदायका नागरिकले समस्या व्यहोर्दै आएका छन् ।

सरकारले पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जलनमा परेका व्यक्तिको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ । मधेस प्रदेशमा नारायणी अस्पताल बीरगञ्जमा जलन पीडितको उपचार हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  १० : १५ बजे