१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

बिर्तामोड र विराटनगरमा जेठ ६ गतेदेखि चलचित्र महोत्सव



बिर्तामोड– झापाको बिर्तामोडमा जेठ ६ गतेदेखि ११ गतेसम्म चलचित्र महोत्सव २०८१ आयोजना हुने भएको छ । महाेत्सवकाे कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आयोजनामा महाेत्सव हुन लागेको नेपाल चलचित्रकर्मी संघ काेसी प्रदेशका महासचिव रमेश तिवारीले बताए ।

नेपाल चलचित्रकर्मी संघकाे व्यवस्थापनमा हुन लागेको महाेत्सवमा काेसी प्रदेशमा निर्माण भएका चलचित्र प्रदर्शन हुने अध्यक्ष केवल तामाङ जानकारी दिए ।

बिर्तामोडमा महाेत्सव उद्घाटन हुने र बाँकी कार्यक्रम बिराटनगरमा हुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ००:००  २ : ३३ बजे