११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

अपराध नियन्त्रणका लागि प्रभावकारी रूपमा खटिन पाँचथर प्रहरीको निर्देशन



पाँचथर-जिल्ला प्रहरी कार्यालय पाँचथरले आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी रूपमा परिचालित हुन मातहतका प्रहरी युनिटलाई निर्देशन दिएको छ ।

पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले मातहतका प्रहरी युनिटका इन्चार्जहरूलाई भर्चुअल माध्यमबाट मङ्गलबार यस्तो निर्देशन दिएका हुन् ।

डीएसपी बुढाथोकीले तोकिएको क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधिको निगरानी गर्न र सूचना संकलन गर्न प्रहरी अधिकारीलाई निर्देशन दिइएको बताए ।

यसअघि पाँचथर प्रहरीले ग्रामीण गस्तीलाई अभियानका रूपमा सञ्चालन गर्ने जनाउँदै जनस्तरबाट प्रहरीप्रतिको विश्वासलाई थप बलियो बनाउने नीति लिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  ७ : ०५ बजे