झापा-उपसभामुख इन्दिरा राना मगरले पदीय गरिमा र मर्यादा विपरीत आफूले कुनै पनि काम नगरेको जिकिर गरेकी छन् । शुक्रबार विज्ञप्ति जारी गरी रानाले संघीय संसदको सभामुख पदको गरिमामा आँच आउने गरी आफूले काम नगरेको प्रष्टीकरण दिएकी हुन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको विषयमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख मगरको सर्वत्र आलोचना भइरहेको छ ।



















