झापा- पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संस्थापक चन्दलाई बुधवार उपचारका लागि बीर अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रधानमन्त्री चन्द अस्पताल भर्ना भएको र उपचार भइरहेको जानकारी दिए । चिकित्सकहरुका अनुसार चन्दको पिसावमा संक्रमण देखिएको छ ।
चन्दलाई डेंगु र टाइफाइड समेत भएको पुष्टि भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरेर राखिएको हो । मुलुकमा पञ्चायती व्यवस्था हुँदादेखि बहुदलसम्म चन्द पटक पटक प्रधानमन्त्री बनेका थिए ।


















