मोरङ-विराटनगरका होटल सञ्चालक दिलिप कुमार भगतमाथि खुकुरी प्रहार भएको छ । रोड शेष छेउमा रहेको मन होटलका सञ्चालक भगतमाथि साँझ ६ बजेतिर खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
होटलमा आएका दुईजनाले भगतमाथि खुकुरी प्रहार गरेका हुन् । आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । पुरानो झगडाका कारण भगतमाथि खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ ।