-काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई ठूला दल संविधान संशोधनको पक्षमा गलत नियतका साथ अस्वभाविक रूपमा अगाडि बढेको टिप्पणी गरेका छन् ।
संविधान दिवसको अवसर पारेर न्युज एजेन्सी नेपालले लिएको अन्तर्वार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अचानक दुईवटा पार्टीको पेवा जस्तो ठानेर संविधानलाई लिन खोजिएको टिप्पणी गरेका हुन् ।
‘यो संविधानलाई आफ्नो पेवा ठानेर जसरी लिन खोजियो त्यो बेठिक हो’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अन्तर्वार्तामा भनेका छन्, ‘पहिले पनि संविधान मिच्ने कोसिस भएको थियो ।’


















