झापा-नियमित प्रशिक्षण उडानका क्रममा भारतको उत्तर प्रदेशमा सोमबार वायुसेनाको विमान दुर्घटना भएको छ । वायुसेनाको विमान मिग २९ उत्तर प्रदेशको आगरामा दुर्घटना भएको हो ।
विमान दुर्घटनामा पाइलट र कोपाइलटले हाम फालेर ज्यान जोगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक समस्या भएपछि विमान दुर्घटना भएको जनाइएको छ ।
पन्जाबको आदमपुरबाट उक्त विमान उडेको थियो । दुर्घटनापछि पाइलट र उनका साथी कोपाइलट २ किलोमिटर टाढा फेला परेको जनाइएको छ ।


















