२ असार २०८२, सोमबार | Tue Jun 17 2025

झापा सदरमुकाम चन्द्रगढीमा २७ घण्टादेखि विद्युत् सेवा अवरुद्ध



बिर्तामोड-चट्याङले क्षति पुर्‍याएपछि झापाका तीनवटा स्थानीय तहमा २७ घण्टादेखि विद्युत् सेवा अवरुद्ध छ । सोमबार राति परेको चट्याङले विद्युत अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तर्गत तीनवटा पालिकाको विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । सदरमुकाम चन्द्रगढीमा समेत विद्युत् सेवा छैन ।

चट्याङले बिर्तामोड भद्रपुर ३३ केभी प्रसारण लाइनमा क्षति गरेकाले विद्युत् सेवा अवरुद्ध भएको भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईले बताए ।

झापाको सदरमुकाम चन्द्रगढीमा विद्युत् सेवा अवरुद्ध भएपछि कतिपय सरकारी कार्यालयको काम प्रभावित भएको छ । सेवा सुचारु गर्ने प्रयत्न भइरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ८ : ४० बजे