३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

लामिछानेको बयान सकियो : थुनछेक आदेश आउन समय लाग्ने



पोखरा-सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अदालतले बयान लिएको छ ।

कास्की जिल्ला अदालतमा बिहीबार र शुक्रबार सभापति लामिछानेको बयान लिइएको हो । लामिछानेले जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बयान दिएका छन् ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, आरती गुरुङ, ललित गुरुङ र कृष्णबहादुर गुरुङको बयान आइतबारदेखि सुरु हुनेछ ।

सबैको बयान सकिएपछि मात्र थुनछेक बहस हुने जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार ००:००  ८ : ४७ बजे