१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

एकैपटक नाै हजार पर्यटक सगरमाथा क्षेत्रको भ्रमणमा



झापा-विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । असोजमा मात्रै नाै हजार पर्यटक भ्रमणका लागि सगरमाथा क्षेत्रमा पुगेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुका अनुसार असोजमा ८ हजार ९०२ जना पर्यटक भ्रमणका लागि पुगेका हुन् । पर्यटक आगमन बढेसँगै निकुञ्जको राजस्व पनि थपिएको छ ।

निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले २ करोड ३ लाख ४८ हजार ५५३ रुपैयाँ राजस्व संकलन भएको बताए । निकुञ्जले प्रति पर्यटक नेपाली एकसय, सार्क मुलुकका पर्यटकसँग १५०० र अन्य मुलुकका पर्यटकसँग ३ हजार प्रवेश शुल्क लिने गरेको छ ।

निकुञ्ज कार्यालयका अनुसार साउनमा १२५, भदौमा १ हजार ३३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि सगरमाथा क्षेत्र धेरैको रोजाइमा पर्ने गरेको बताइन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ००:००  १० : १४ बजे