बिर्तामोड-झापाका अलग-अलग स्थानमा भएका दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका-५ का नितेश राई र हल्दीबारी गाउँपालिका-५ का नवीन राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्सिर ४ गते रतुवा पुलमा मे १० प १४४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार २८ वर्षीय नितेश घाइते भएका थिए । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार उनको मृत्यु भएको हो ।
नवीन साइकलबाट लडेर घाइते भएका थिए । मङ्सिर ११ गते मादक पदार्थ सेवन गरी साइकल चलाउँदा लडेर घाइते भएका उनको बिर्तामोडमा उपचार भइरहेको थियो । सोमबार मध्यान्ह नवीनको निधन भएको प्रहरीले जनाएको छ ।