१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

मोटरसाइकल दुर्घटनामा वरिष्ठ प्रहरी हवल्दारको मृत्यु



चितवन-मोटरसाइकल दुर्घटनामा परि इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत ४३ वर्षीय प्रहरी वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी बाबा पेट्रोल पम्प नजिक मनहरीबाट खाेलेसिमलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजाले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ००:००  ८ : २४ बजे