६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

चिकित्सकले भने, ‘स्तनपान गराउँदा फोनको प्रयोग नगर्नुस्’



झापा- शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन् । मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने चिकित्सकले बताएका हुन् ।

बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ता स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउँछिन् । “आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन केही थाहा हुँदैन”, उनले भनिन् ।

स्तनपान गराउने समयमा शिशुलाई सुमसुम्याउनु पर्ने डा. गुप्ताको धारणा छ । स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी पर्छ । शिशुलाई जन्मिएदेखि ६ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार ००:००  २ : १९ बजे