पोखरा-सहकारीको रकम अपचलनकाे विषयलाई लिएर पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
म्याद थपका लागि आइतबार सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन कास्की प्रहरीलाई अनुमति दिएकाे हाे ।
सहकारीको रकम अपचलन गरेको विषयलाई लिएर सभापति लामिछानेलाई कार्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।