झापा-सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ सय जनामा मृगौला प्रत्यारोपण गरेको छ । सञ्चालनमा आएको १२ वर्षभित्र केन्द्रले यति धेरै संख्यामा मृगौला प्रत्यारोपण गरेको हो ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भौतिक पूर्वाधार नभए पनि प्रत्यारोपण सेवा बढाउन केन्द्रले सक्दो प्रयास गर्दै आएको बताए । उनका अनुसार केन्द्रले पछिल्ला वर्षमा मृगौला र कलेजो प्रत्यारोपणको दर बढाउँदै लगेको छ ।
केन्द्रले मृगौलासँगै २८ जनाको कलेजो पनि प्रत्यारोपण गरेको छ । पर्याप्त ठाउँ अभावमा सेवा बढाउन नसकिएको डाक्टर श्रेष्ठ बताउँछन् । जनशक्ति र स्रोत साधन पर्याप्त भए केन्द्रसँग भौतिक पूर्वाधार अभाव छ ।


















