२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

अर्जुनधारामा कोरियन कम्पनी स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु



झापा-दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले झापाको अर्जुनधारामा अलग-अलग कम्पनी स्थापना गर्ने विषयमा आवश्यक सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

अर्जुनधारा नगरसँगको साझेदारीमा कम्पनी स्थापना गर्ने विषयमा कोरियाको विज्ञ सम्बन्धित टोलीले बुधबार नगरपालिका कार्यालयमा सरोकारवालासँग छलफल सुरु गरेको हो ।

स्कुटर एसेम्बल गर्ने कम्पनी, कस्मेटिक सामग्री उत्पादन गर्ने उद्योग र कृषि मल उत्पादन कारखाना लगायतका विषयमा कोरियाली टोलीले आवश्यक अध्ययन थालेको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अर्जुनधारामा कोरियन कम्पनी स्थापनाका लागि प्रारम्भिक प्रयास सुरु गरिएको बताए ।

छलफल कार्यक्रममा कोरियाका इभी गाडीका प्रोपाराइटर छाङ्ग हटन समि, जुमी युनिर्भस कलेजका प्रोफेसर किमसन खयाङ्ग रएग्रीकल्चर विज्ञ लि च्याङ्ग जे सहभागी थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ९ : २७ बजे