७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

हत्कडी खोलेर लागूऔषध मुद्दाका अभियुक्त भागेपछि प्रहरी हवल्दार राई निलम्बित



बिर्तामोड– प्रहरी नियन्त्रणमा रहेका थुनुवा हत्कडी खोलेर भागेपछि ड्युटीमा रहेका प्रहरी हबल्दार बमबहादुर राईलाई निलम्बन गरिएको छ ।

ड्युटीमा लापरवाही गरेको जनाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडले प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी प्रकाश बिष्टले बताए ।

लागू औषध मुद्दामा पक्राउ परेका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई हत्कडी खुस्काएर मंगलबार अपरान्ह बिर्ता सिटी हस्पिटलबाट फरार भएका थिए ।

राईको सुरक्षामा खटिएका प्रहरी हवल्दार बमबहादुरको लापरवाही देखिएको जनाउँदै उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

राईलाई भदौ २ गते राति बिर्तामोडको पश्चिम बस स्टेनबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । हिरासतमा राखेर अनुसन्धान थालिएका राई पेट दुखेको बहानामा अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार ००:००  ९ : १८ बजे