काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले देश बाहिर रहेका नेपालीलाई समेत मतदान गर्ने वातावरण मिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायकाे सम्बन्धी १२ औँ सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेपाली नागरिक जहाँ बसे पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण मिलाउने प्रधानमन्त्री ओलीले बताए । उनले जनचाहना अनुसार निर्वाचन प्रक्रियालाई सहज बनाउने दृढता व्यक्त गरे ।
सम्मेलनमा नेपाल, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स लगायतका मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् । यसअघि एघारौं सम्मेलन भुटानमा भएको थियो ।