बिर्तामोड-नेपाल पत्रकार महासङ्घ झापाको नवनिर्वाचित नेतृत्वलाई आदर्श स्कूल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले संयुक्त रुपमा स्वागत सम्मान गरेका छन् ।
शुक्रबार अपरान्ह आदर्श स्कूलको सवालमा आयोजित कार्यक्रमका बीच महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान गरिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन र हिसानको समेत सहभागिता थियो ।
कार्यक्रममा नगर प्रमुख प्रसाई, हिसानका सचिव तथा न्युटन्स एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्याव्सन जिल्ला उपाध्यक्ष जनार्दन ढकाल लगायतले शुभकामना दिएका छन् ।
लिङ्कन मन्टेस्वरी स्कूलका व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श स्कूल अफ म्यानेजमेन्टका निर्देशक सञ्जोग खरेलले स्वागत गरेका थिए । लिङ्कन मण्टेश्वरीका सञ्चालक सराेज पौडेलकाे सञ्चालनमा कार्यक्रम भएको थियो ।

















