बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुर सडक खण्डमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको कन्काई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राई रहेका छन् । पैदल यात्री राईलाई ना ४ च ४०८४ नम्बरको छोटा हात्तीले ठक्कर दिएको हो ।
सडक पार गर्ने क्रममा राईलाई उक्त गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थाका राईलाई तत्काल उपचारका लागि वीरता सिटी अस्पताल भर्ना गरिएको थियो ।
घटनापछि गाडी चालक पर्सा वीरगञ्ज १६ घर भएका ३० वर्षीय दीपक गुप्ता लाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।