१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

निर्देशक समिति नबन्दा कांग्रेसका भातृ संगठनको महाधिवेशन अन्योलमा



झापा-नेपाली कांग्रेसका भातृ संगठनको अधिवेशन अनिश्चित बन्दै गएको छ । तदर्थ समिति बनाएर पटक-पटक म्याद थप भएका भातृ संगठन क्रमश प्रभावहीन बन्दै गएका छन् ।

भातृ संस्थाको महाधिवेशन सुनिश्चित गर्न कांग्रेसले निर्देशक समिति गठनमा ढिलाई गर्दा समस्या भएको हो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले निर्देशक समिति बन्ने बित्तिकै महाधिवेशन गर्ने बताए ।

महिला संघकी अध्यक्ष उषा राउतले पनि निर्देशक समिति गठन नहुँदा महाधिवेशनका काम अगाडि बढ्न नसकेको बताइन् । पार्टी पदाधिकारीसँगको छलफलका आधारमा अगाडि बढ्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरिन् ।

महिला संघले आगामी फागुनमा महाधिवेशनको कार्यतालिका बनाउने गरी आन्तरिक तयारी गरिरहेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले छिट्टै निर्देशक समिति बन्ने र समय अवधिभित्रै महाधिवेशन सुनिश्चित हुने बताए ।

कांग्रेसका १३ मध्ये दुई बाहेक अन्य भातृ संगठन महाधिवेशन हुन सकेको छैन । अहिलेसम्म जनजाति महासंघ र मुस्लिम संघले मात्रै महाधिवेशन सम्पन्न गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ००:००  ९ : ०१ बजे