११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ गतेदेखि



भद्रपुर-आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । गोल्डकप १६ गतेसम्म सञ्चालन हुनेछ ।

भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले अखिल नेपाल फुटबल सङ्घ एन्फाको स्वीकृतिमा भद्रपुर झापा गोल्डकपको समय निर्धारण भएको बताए ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान र बङ्गलादेशका टीमको पनि सहभागिता रहने जनाइएको छ । पहिलो भन्दा दोस्रो संस्करणलाई थप परिस्कृत र आकर्षक बनाउने तयारी भएको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार ००:००  ७ : २१ बजे