झापा-माइखोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ झापा प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।
तस्करीमा संलग्न समूहले माइखोलामा बगाएर ल्याएको ४० क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उक्त काठ १ लाख २० हजार मूल्य बराबरको छ ।
बरामद काठ गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको छ ।


















